विभिन्न धनमाल चोरी

काठमाडौं, २८ माघ
काठमाडौं महानगरपालिका-३ बाँसबारी बस्ने दिपेन्द्र अमात्यको घरबाट सुनको चुरा २ थान, मंगलसुत्र १ थान, औंठी ४ थान र नगद ६ हजार रुपैयाँ समेत गरी करिब २ लाख ९१ हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउसो चोरी भएको छ ।
    चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।