अवैध लागूऔषध गाँजा बरामद

मकवानपुर, २८ माघ
राक्सीराङ् गाउँपालिका-२ स्थितबाट अवैध लागूऔषध गाँजा करिब २ सय केजी आइतबार राति प्रहरीले बरामद गरेको छ ।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र ३ नं. प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोहि स्थान बस्ने माईला भन्ने पदम थोकरको घरबाट लागूऔषध गाँजा करिब १ सय ६० केजी र सोही स्थान बस्ने माईला स्याङबोको घरबाट लागूऔषध गाँजा करिब ४० केजी फेला पारी बरामद गरेको हो ।
 साथै दुबै घरका सम्पूर्ण व्यक्तिहरू फरार रहेकोले प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।