आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, २९ माघ
    ललितपुर, सर्लाही र महोत्तरीका छुट्टाछुट्टै ठाउँमा भएको आगलागीबाट करिब ५ करोड ६ लाख ५५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
ललितपुर, ललितपुर महानगरपालिका-२५ भैंसेपाटी नख्खु टोलस्थित अंकित लोहिया र निजको भाई कर्मनन्द लोहियाले संचालन गरेको घरमा रहेको बनरो ट्रेडर्स र पिभिसि कार्पेट म्याट्रेस फ्याक्ट्रीमा सोमबार दिउसो आगलागी हुँदा करिब ५ करोड रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सर्लाही, हरिपुर नगरपालिका-१ जानकी नगर बस्ने पुष्करराज महतको खेतमा उखु काटेर उखुको पातहरुमा आगो लगाउने क्रममा सोही नगरपालिका बस्ने हरि खतिवडाको १८ कठ्ठा जमिनमा लगाएको उखु र जानुका दाहालको ४ कठ्ठा जमिनमा लगाएको उखुहरुमा आगो सल्कन गई सोमबार दिउसो आगलागी हुँदा करिब ४ लाख ८५ हजार रूपैयाँ बराबरको उखु जलेर नष्ट भएको छ ।     
    महोत्तरी, गौशाला नगरपालिका-५ बेलगाछी बस्ने गोपाल श्रेष्ठ समेत ३ जनाको उखुबारीमा सोमबार दिउसो आगलागी हुँदा करिब १ लाख ७० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।
     स्थानीयबासी, दमकल, नेपाली सेना र सशत्र प्रहरी बलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।