विभिन्न धनमाल चोरी

काठमाडौं, २९ माघ
काठमाडौं महानगरपालिका-२९ घट्टेकुलो डेरा गरी बस्ने ३९ वर्षीया रैना कुवँरको कोठाबाट सोमबार दिउसो सुनका बिभिन्न गरगहना र नगद ३० हजार रुपैयाँ गरी करिब २ लाख ८५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-३२ कोटेश्वर सत्यसाई गल्ली बस्ने ३३ वर्षीय कुमार श्रेष्ठको घरबाट सोमबार साँझ सुन तथा चाँदीका बिभिन्न गरगहनाहरु गरी करिब २ लाख ९२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-३० रातोपुल बस्ने ईन्दिरा ढकालको घरबाट मंगलबार बिहान सुन अन्दाजी १ तोला, चाँदी अन्दाजी १ सय ५० तोला र नगद ३० हजार रुपैयाँ गरी करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
    चोरीमा संलग्न फरार अभियुक्तहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।