सवारी दुर्घटनामा मृत्यु

काठमाडौं, २९ माघ
    काठमाडौं, कैलाली, सिन्धुपाल्चोक र नवलपरासी(पूर्व)मा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
    काठमाडौं महानगरपालिका-७ गौरीघाट मैजुबहालस्थित सडकमा मंगलबार बिहान बा.६८ प १०७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही नगरपालिका बस्ने २४ वर्षीय पारस थपलियाको दिर्घायु अस्पताल चावहिलमा उपचारको क्रममा मृत्यु भएको छ ।
    कैलाली, घोंडाघोंडी नगरपालिका-१२ कोटास्थित सडकमा सोमबार राती अन टेष्ट लेखिएको ट्याक्टर पल्टिएर दुर्घटना हुँदा ट्याक्टरले च्याँपिएर सोही ट्याक्टरमा लेवर काम गर्ने गौरीगंगा नगरपालिका-८ बस्ने ३५ वर्षीय करन चौधरीको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    यसैगरी कैलाली, बर्दगोरीया गाउँपालिका-६ घैलाखोलास्थित सडकमा मंगलबाट बिहान से.१ प ७३६६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही गाउँपालिका-५ बेलुवा बस्ने ३५ वर्षीय तेतुराम डगौराको बर्दगोरीया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनाम घाइते भएकी मृतकको श्रीमती ३४ वर्षीया सुनिया डगौराको सोही अस्पतालमा उपचार भइरहेको छ ।
    सिन्धुपाल्चोक, जुगल गाउँपालिका-२ स्थित कुम्भेश्वर भन्ने स्थानमा सोमबार राती जलविरेतर्फ जाँदै गरेको बा.५ ख २५०० नम्बरको ट्रक ब्रेक फेल भई सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्रक चालक सोही गाउँपालिका-२ किप्चे बस्ने ३८ वर्षीय श्यामकाजी स्याङ्वोको खाँडीचौर अस्पताल लामोसाँघुमा उपचारको क्रममा मृत्यु भएको छ।
    नवलपरासी(पूर्व), कावासोती नगरपालिका-१६ स्थित सडकमा सोमबार राती बा.३ च ९१५८ नम्बरको ट्याङ्करले बा.२८ प २०३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइतर भएका मोटरसाइकल चालक मध्यबिन्दु नगरपालिका-२ बस्ने ४२ वर्षीय युबराज घिमिरे र मोटरसाइकलमा सवार ३५ वर्षीय पिताम्बर पाठकको मध्यबिन्दु अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको छ । दुबै सवारी साधन र ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
     दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।