काठ चोरी गरी लैजादै गरेको अवस्थामा पक्राउ

भक्तपुर, २९ माघ
भक्तपुर नगरपालिका कार्यालयको निर्माणाधिन कम्पाउण्डबाट बा.४ ख ३५९३ नम्बरको निशान गाडीमा सालको काठ चोरी गरी लैजान लागेको अवस्थामा चालक काठमाडौं जडिबुटी बस्ने रामेछाप घर भएका २० वर्षीय राजन नेपाली समेत ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत्त जगातीबाट खटिएको प्रहरी टोलीले उक्त काठ चोरी गरी लैजान लागेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।