भरुवा बन्दुक सहित पक्राउ

दाङ, २९ माघ
राजपुर गाउँपालिका-७ गन्देला बस्ने ४२ वर्षीय शशिराम पुनलाई लोड गरेको भरुवा बन्दुक २ थान सहित सोमबार राती प्रहरीले पक्राउ गरेको छ ।
पुनले मादक पदार्थ सेवान गरी सोही गाउँपालिका बस्ने ५५ वर्षीय तिलक डाँगीसँग सामान्य विवाद पश्चात भरुवा बन्दुकले मार्छु भनि निकालेको भन्ने खबर प्राप्त हुना साथ अस्थायी प्रहरी पोष्ट डगमाराबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो ।
     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।