छुरा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

सुनसरी, २९ माघ
छुरा प्रहार गरी हत्या गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका-४ माङहिङ टोल डेरा गरी बस्ने सोलुखुम्बु घर भएका ३६ वर्षीय लालबहादुर राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सोही स्थान डेरा गरी बस्ने खोटाङ घर भएकी ३२ वर्षीया सोनिया राईलाई छुरा प्रहार गरी हत्या गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरेको हो ।
     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।