सवारी दुर्घटनामा मृत्यु

काठमाडौं, २९ माघ
    तनहुँ र नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)मा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
    तनहुँ, ब्यास नगरपालिका-५ नेपालटारस्थित सडकमा मंगलबार बिहान ना.४ ख ७०२३ नम्बरको बसले ठक्कर दिदाँ गम्भीर घाइते सोही ठाउँ बस्ने ३ वर्षीय सुदर्शन शाहीको फिष्टेल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    नवलपरासी(बर्दघाट सुस्ता पश्चिम), बर्दघाट नगरपालिका-४ दाउन्नेस्थित सडकमा मंगलबार बिहान लु.१ ख ६१०२ नम्बरको टिपर अनियन्त्रित दुर्घटना हुँदा गम्भीर घाइते भएका टिपर चालक रुपन्देही कोटहीमाई गाउँपालिका-१ बस्ने २९ वर्षीय गंगे थारुको सामुदायिक अस्पताल चिसापानी बर्दघाटमा उपचारको क्रममा मृत्यु भएको छ ।   
    दुर्घटनाका  सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।