आफ्नै श्रीमतीको हत्या गरेको अभियोमा पक्राउ

खोटाङ, २९ फागुन
  आफ्नै श्रीमती ६५ वर्षीया रामकुमारी राईको हत्या गरको अभियोगमा जन्तेढुङ्गा गाउँपालिका-५ भिरगाउँ बस्ने ७० वर्षीय ध्यानकुमार राईलाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
घरायसी बिबादका कारण ध्यानकुमारले काठको मुङ्ग्राले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी रामकुमारीको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा उपचारको क्रममा मृत्यु  भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।