भन्सार छली ल्याएको खसीबोका सहित पक्राउ

बाँके, ३० फागुन
    नेपालगंज उपमहानगरपालिका-१३ बाट सोही ठाउँ बस्ने २४ वर्षीय मोहम्मद फईम कुरेसी समेत ३ जनालाई भारतबाट भन्सार छली अवैध रुपमा ल्याई लुकाई राखेको करिब १२ लाख रुपैयाँ बराबरको ८० वटा खसीबोका सहित सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
    वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बाँके पठाएको हो ।