हेभि सवारी चालक तालिम समापन

काठमाडौं, ३० फागुन
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा ९औं समूहको हेभि सवारी चालक तालिम बिहीबार समापन भएको छ ।
सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ई. नरोत्तमलाल प्रधानले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । तालिममा आर्जन गरेका सवारी साधन सम्वन्धि नयाँ प्रविधिको ज्ञानलाई आफ्नो कार्यक्षेत्रमा लागू गर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी निरीक्षक अनुप श्रेष्ठले ३० कार्य दिनको उक्त तालिममा प्रहरी हवल्दार ३ र प्रहरी जवान ३८ जना गरी कूल ४१ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।