अवैध लागूऔषध सहित पक्राउ

सर्लाही, ३० फागुन
    लालबन्दी नगरपालिका-१ लखनदेही पुल नजिक पुर्वपश्चिम राजमार्गबाट १० किलो अवैध लागूऔषध गाँजा सहित सर्लाही हरिवन नगरपालिका-१ बस्ने २२ वर्षीय जितेन्द्र राउत र लालबन्दी नगरपालिका-१ बस्ने २१ वर्षीय महम्मद नजाउदिनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
    ईलाका प्रहरी कार्यालय लालबन्दी र ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले सोही ठाउँस्थित सडकमा       ग.६ प ८६४६ नम्बरको मोटरसाइकललाई जाँच गर्दा उनीहरुले बोकेको झोलाभित्र उक्त गाँजा फेला पारी मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।