समुदाय-प्रहरी साझेदारी अन्तर्गत मिर्गौला परीक्षण शिविर संचालन

काठमाडौं, ३० फागुन
    समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विश्व मिर्गौला दिवस १४ मार्च, २०१९ को अवसरमा काठमाडौं महानगरपालिका-४ शंखपार्कमा मृगौला परीक्षण शिविर बिहीबार संचालन गरिएको छ ।
    नेपाल प्रहरी अस्पताल र मेट्रो अस्पताल महाराजगंजको संयुक्त आयोजना तथा महानगरीय प्रहरी वृत्त महाराजगंजको सहकार्यमा उक्त शिविर संचालन गरिएको हो ।
    शिविरमा उक्त अस्पतालका विषशेज्ञ चिकित्सकद्वारा मृगौला, मधुमेह, रक्तचाप लगायतका रोगको परीक्षण गरी आवश्यक परामर्श समेत प्रदान गरिएको थियो ।
    सो शिविरमा २ सय १२ जनाले स्वास्थ्य परीक्षण गरी लाभान्वित भएको नेपाल प्रहरी अस्पतालले जनाएको छ ।
    नेपाल प्रहरी अस्पताल स्‍त्री तथा प्रसुति रोग विभाग प्रमुख प्रहरी नायव महानिरीक्षक डा.आशा सिंहले अवलोकन गर्नुभएको शिविरमा स्थानीय तहका प्रतिनिधिहरु, प्रहरी कर्मचारीहरु, स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।