नियन्त्रित लागूऔषध सहित पक्राउ

बाँके, ३१ वैशाख
नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चेकपोष्टमा जाँच गर्ने क्रममा नियन्त्रीत लागूऔषध सहित फेला परेका २ जनालाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।     
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक चौतारा नगरपालिका-१३ बस्ने २२ वर्षीय सुजन नेपाल र दाङ तुलसीपुर उपमहानगरपालिका-१२ बस्ने २३ वर्षीय बिष्णु केसी रहेका छन् । उनीहरुमध्ये सुजनको साथबाट लागूऔषध २९ ट्याबलेट नाइट्रोभ्याट र विष्णुको साथबाट ४० ट्याबलेट नाइट्रोभ्याट बरामद भएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।