जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ


काठमाडौं, १ जेठ
    काठमाडौं महानगरपालिका-८ जय बागेश्वरीस्थित ईलाम फाकफुकथुङ गाउँपालिका-२ घर भएका ३० वर्षीय गौरव राईको ईलाम पाँचथर गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा राई समेत ५ जनालाई नगद ६५ हजार ३ सय ३५ रुपैयाँ र ३ बुक तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।