जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मकवानपुर, १ जेठ
    हेटौंडा उपमहानगरपालिका-२ संगम चोक डेरा गरी बस्ने १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही उपमहानगरपालिका-५ पिप्लेकुना बस्ने ४२ वर्षीय हिरालाल चौलागाईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उनले ती बालिकालाई गत शनिबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले चौलागाईलाई पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।