प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

भक्तपुर, १ जेठ
सूर्यविनायक नगरपालिका-८ जगातीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने  खोटाङ चिसापानी बस्ने ३३ वर्षीय केशवबहादुर तामाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले ईटहरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.२० च  ८२०९ नम्बरको बलेरो गाडी जाँच गर्ने क्रममा चालक तामाङले प्रहरीले नगद १ सय रुपैयाँ दिन खोजे पश्चात प्रहरीले पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।