समुदाय-प्रहरी साझेदारी अन्तर्गत विभिन्न विषयमा अभिमुखिकरण सम्बन्धि नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

सुर्खेत, १ जेठ
बराहताल गाउँपालिका-४ स्थित माथिल्लो तरंगामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अर्न्तगत लागूऔषध, मानव बेचविखन, बालहिंसा, जबरजस्ती करणी, बहुबिबाह, अपराध, छाउपडी लगायतका विषयमा अभिमुखीकरण समबन्धि  जिल्ला स्तरीय नागरिक सुनुवाई कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणि पोखरेलको प्रमुख आतिथ्य र प्रहरी उपरीक्षक वसन्त रजौरेको विशेष आतिथ्यमा आयोजित उक्त कार्यक्रमममा स्थानिय निकायका पदाधिकारीहरु, संचारकर्मी, व्यापारी, ब्यवसायी, नागरिक समाज, जेष्ठ नागरिक तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।