अवैध लागूऔषध गाँजा सहित पक्राउ

धादिङ, २८ जेठ
    गल्छी गाउँपालिका-७ लोस्टेबाट गजुरी गाउँपालिका-६ बस्ने १७ वर्षीय श्रीराम अधिकारी समेत २ जनालाई अवैध लागूऔषध गाँजा करिब २० किलो सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध ल्याउँदै गरेको भन्ने विशेष सूचानाको आधारमा प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।