नियन्त्रित लागूऔषध सहित पक्राउ

 मकवानपुर, २८ जेठ
    हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट चितवन भरतपुर महानगरपालिका-६ लायन्सचोक बस्ने १७ वर्षीय अशिम भट्टराईलाई नियन्त्रित लागूऔषध नाईट्रोभेट ९० ट्यावलेट सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । साथै लागूऔषध ओसारपसारमा संलग्न चितवन भरतपुर डेरा गरी बस्ने पर्सा वीरगंज महानगरपालिका-१४ श्रीपुर घर भएका ३० वर्षीय अन्वर मिंया अन्सरी र उनकै श्रीमती २८ वर्षीया सुमैना देवीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  
ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले वीरगंजबाट नारायणगढतर्फ जाँदै गरेको ना.५ ख ५४२१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।