जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

रुपन्देही, २९ जेठ
    बुटवल बस्ने ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुटवल उपमहानगरपालिका-१७ बस्ने ३८ वर्षीय केशव बराललाई  मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  
गत जेठ २१ गते आफ्नै घरमा बसिरहेकोमा बरालले घर पछाडि लगेर जबरजस्ती करणी गरेको भन्ने ईलाका प्रहरी कार्यालय बुटवलमा जानकारी हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।