लौरोले प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

कास्की, २५ असार
    अन्नपूर्ण गाउँपालिका-१० स्थित नयाँ पुल घान्द्रुक सडकमा काम गर्ने स्याङजा ज्यामिरे घर भएका ४२ वर्षीय राम बहादुर गुरुङलाई लौरोले टाउकोमा प्रहार गरी हत्या गरेको अभियोगमा ओखलढुङगा सुनकोशी गाउँपालिका-४ बस्ने २६ वर्षीय रुद्र मगरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको  छ ।
सामान्य बिबादको क्रममा मगरले लौरोले टाउकोमा प्रहार गर्दा गुरुङको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी घान्द्रुकबाट खटिएको प्रहरी टोलीले मगरलाई पक्राउ गरेको हो ।  
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।