अवैध लागूऔषध गाँजा सहित २ जना पक्राउ

सर्लाही, २५ असार
    हरिवन नगरपालिका-४ स्थित गणेश चोकबाट रौतहट चन्द्रपुर नगरपालिका-७ बस्ने ३२ वर्षीय उदय सहनी र सोही ठाउँ बस्ने ३६ वर्षीय राम एकवाल दासलाई अवैध लागूऔषध गाँजा करिब ५ किलो सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सो ठाउँमा ड्युटी खटिएको प्रहरीले ना.५७ प ६५४८ नम्बरको मोटरसाइललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दासले झोलामा लुकाईछिपाई ल्याएको उक्त अवैध लागूऔषध फेला पारी चालक सहनी समेतलाई पक्राउ गरेको हो ।  
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।