जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

महोत्तरी, २६ असार
१० वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पिपरा गाउँपालिका-१ ढेकाहा बस्ने ३६ वर्षीय लालबाबु महत्तोलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
बालिकालाई जबरजस्ती करणी गरको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सहोड्वा र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।