प्रहरी माथि हातपात गर्ने चार जना पक्राउ

रुपन्देही, ३० असार
 तिलोत्तमा नगरपालिका-४ मगरघाटस्थित तिनाउखोलाबाट प्रहरीमाथि हातपात गर्ने ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १९ वर्षीय रोधन थापा, १८ वर्षीय आयुष थापा, १८ वर्षीय विवेक बिक र १८ वर्षीय  सन्दिप बिक रहेका छन् ।
तिलोत्तमा नगरपालिका-४ मगरघाटस्थित तिनाउखोलामा बालुवा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी सो ठाउँमा पुग्दा करिब ५ जनाको समूहमा बसेका व्यक्तिहरुले एक्कासि प्रहरीमाथि हातपात गरी प्रहरीको मोबाइल खोसी भाग्न खोजेका थिए ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।