जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

उदयपुर, ३१ असार
    कटारी नगरपालिका डेरा गरी बस्ने महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-४ बस्ने २४ वर्षीय ईन्द्र बहादुर तामाङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
    जबरजस्ती करणी गरेको भन्ने खवर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले ईन्द्र बहादुरलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।