अवैध लागूऔषध चरेश सहित पक्राउ

चितवन, ३१ असार
    रत्ननगर नगरपालिका-२ बाट सोही ठाउँ बस्ने भारत मोतिहारी भएकी ७० वर्षीया नुर्जाहा खातुनलाई अवैध लागूऔषध  चरेश करिब ४३ किलो सहित सोमबार राति  जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।   
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।