करिब ४५ किलो अवैध लागूऔषध गाँजा बरामद

मकवानपुर, २८ साउन
    हेटौंडा उपमहानगरपालिका-१९ बिच टोलबाट ३ वटा प्लाष्टिकको बोरामा प्याक गरी राखेको करिब ४५ किलो अवैध लागूऔषध गाँजा मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।  
बेवारिसे अवस्थामा शंकास्पद वस्तु रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उक्त लागूऔषध फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।