जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

काठमाडौं, २९ साउन
काठमाडौं महानगरपालिका-२२ पाकोस्थित ४० वर्षीय झलक बहादुर श्रेष्ठको केटिएम वेभ विजनेश प्रालिमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत ५ जनालाई नगद ७६ हजार रुपैयाँ र १ बुक तास सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।