अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २९ साउन
काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट ललितपुर थसीखेल बस्ने महोत्तरी औरही नगरपालिका-१ घर भएका १७ वर्षीय अम्बर साह समेत २ जनालाई ट्रामा नामक लागूऔषध २ सय १२ पिस सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।