नियन्त्रित लागूऔषध सहित पक्राउ

काठमाडौं, २९ साउन
    रुपन्देही, बुटवल उपमहानगरपालिका-४ ट्राफिक चोकबाट स्याङजा मल्याङकोट गाउँपालिका-४ बस्ने २२ वर्षीय प्रदिप शाही र सोही ठाउँ बस्ने २७ वर्षीय रामचन्द्र गिरीलाई नियन्त्रित लागूऔषध नाट्राजेपाम १ सय ट्याब्लेट सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको  छ । ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तनहुँ, शुक्लागण्डकी नगरपालिका-६ स्थित खैरेनीटारबाट सोही ठाउँ बस्नेहरु ३५ वर्षीय राजन गुरुङ र ३७ वर्षीय शिव श्रेष्ठलाई डाईजेपाम २१ एम्पुल, फेनारागन २१ एम्पुल र नुरफिन २१ एम्पुल सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागुऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।  
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।