जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

मोरङ, २५ भदौ
    उर्लाबारी नगरपालिका-५ स्थित होटल सम्राट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ बस्ने २२ वर्षीय मोहन कटुवाल समेत १० जनालाई ५ बुक तास र नगद ३ लाख ३७ हजार १ सय ५५ रुपैयाँ सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त होटलमा जुवातास खेलिरहेको भन्ने सूचना प्राप्‍त हुनासाथ ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।