अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २५ भदौ
    धादिङ, थाक्रे गाउँपालिका-७ हाप्सेचौरबाट मकवानपुर थाहा नगरपालिका-१२ बस्ने १८ वर्षीय राम बहादुर वाइबालाई लागूऔषध चरेश जस्तो देखिने खैरो पदार्थ करिब १ केजी सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हाप्सेचौरबाट खटिएको प्रहरीले मकवानपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ७७१८ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
    रौतहट, गौर नगरपालिका-१ मेनचौकबाट नियन्त्रित लागूऔषध सहित चन्द्रपुर नगरपालिका-६ देउराली चोक बस्ने २६ वर्षीय संजय तिमल्सिनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तिमल्सिनाको साथबाट  डाइजेल्याब ३३ एम्पुल, फेनारगन ३३ एम्पुल, नोर्फिन ३३ एम्पुल, नाइट्राभेट २७ टयाब्लेट र एभिल ईन्जेक्सन २ थान प्रहरीले बरामद गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।