जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

कञ्चनपुर, २६ भदौ
६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-४ शान्तिपुर बस्ने २० वर्षीय मधुसुधन गुरूङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई मंगलबार दिउँसो आफ्नै घरको कोठामा लगेर धम्की दिई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले गुरुङलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।