जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

ललितपुर, १९ असोज
  १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महाकाल नगरपालिका-६ सानोगाउँ बस्ने २९ वर्षीय अनिल नेमकुललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
नेमकुलले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुना साथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।