जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

काठमाडौं, २३ असोज
 टोखा नगरपालिका-११ भण्डारीटोल डेरा गरी बस्ने झापा शिब सतासी नगरपालिका-९ घर भएका ३५ वर्षीय पूर्ण बहादुर लिम्बुको कोठामा जुवातास खेलिरहेको अवस्थामा लिम्बु समेत ११ जनालाई नगद २ लाख १४ हजार ९ सय रूपैयाँ र ४ बुक तास सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।