कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

स्याङजा, २३ असोज
 हरिनाश गाउँपालिका-५ बलिडाडा बस्ने २९ वर्षीय महेन्द्र आलेलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही गाउँपालिका बस्ने २८ वर्षीय अमृत मानन्धरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूबीच आपसि विबादमा कुटपिट हुँदा महेन्द्र आलेको घटनास्थलमै मृत्यु भएको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले अमृतलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।