सुन जस्तो देखिने पहेंलो धातु सहित पक्राउ

  काठमाडौं, २५ असोज
काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट सुन जस्तो देखिने पहेंलो धातु करिब आधा केजी सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
 पक्राउ पर्नेहरुमा काठमाडौं बालाजु बस्ने नुवाकोट घर भएका २२ वर्षीय दिपक गुरुङ र काठमाडौं स्वयम्भू बस्ने नुवाकोट घर भएका २९ वर्षीय राजु तामाङ रहेका छन् । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो ।  
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।