जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

 झापा, २५ असोज
    १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१२ बस्ने ४० वर्षीय युवराज बराईलीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
निज बराईलीले ती बालिकालाई बिभिन्न प्रलोभन एवं धाक-धम्की समेत दिई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।