नियन्त्रित लागूऔषध सहित २ जना पक्राउ

बारा, १ फाल्गुन
कलैया उपमहानगरपालिका-१० मटिअर्वा टोलबाट नियन्त्रित लागूऔषध नुर्फिन ७ सय एम्पुल, फेनारगन ७ सय एम्पुल र डाइजेपाम ७ सय एम्पुल सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत बिहारका २१ वर्षीय चन्दन कुमार र  सोही ठाउँ बस्ने २४ वर्षीय मुकेश साह तेली रहेका छन् ।  बिशेष सूचनाको आधारमा प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको प्रहरीले ना.२ ह ३६१४ नम्बरको अटोलाई जाचँ गर्ने क्रममा उक्त नियन्त्रित लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।  
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।