चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

बारा, १० चैत
    चोरी मुद्दामा फरार प्रतिवादी महागढीमाई नगरपालिका-११ बस्ने ४५ वर्षीय प्रशुराम प्रसाद यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बाराको २०७३ जेठ ३१ गतेको फैसलाले चोरी मुद्दामा ९ वर्ष कैद ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत बारामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय वीरगंज पठाइएको उक्त कार्यालयले जनाएको छ ।