रड प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

नुवाकोट, २०७७ असार १२ गते
  आफ्नै ५५ वर्षीय वुवा चन्द्र बहादुर बिकलाई धारिलो हतियार रड प्रहार गरी हत्या गरेको अभियोगमा लिखु गाउँपालिका- ६ कालिमाटी बस्ने २६ वर्षीय बिनोद सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवादको कारण गत मंगलबार राति बिनोदले फलामको रडले प्रहार गर्दा गम्भीर घाइते भएका उनको वुवाको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।