नियन्त्रित लागूऔषध सहित पक्राउ

काठमाडौं, २०७७ असार १५ गते
    बारा, बिश्रामपुर गाउँपालिका-५ ईटियाहिबाट नियन्त्रित लागूऔषध नूफिन ६४ एम्पुल, डाइजेल्याव ६४ एम्पुल र फेनारगन ६४ एम्पुल सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पर्सा वीरगंज महानगरपालिका-११ श्रीपुर बस्ने ४६ वर्षीय श्रीकान्त ठाकुर र सोही महानगरपालिका-१२ मुर्ली टोल बस्ने ४५ वर्षीय बाबुलाल साह कानु रहेका छन् । प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.१० प ९१०२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
    सिरहा, भगवानपुर गाउँपालिका-२ गमरियाबाट नियन्त्रित लागूऔषध नोफिन २ सय ५८ एम्पुल, ल्यावोरेट २ सय ५६ एम्पुल र फेनारगन २ सय ५८ एम्पुल सहित सप्तरी खड्क नगरपालिका-९ बस्ने धिरेन कुमार रामलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला परेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।