लुकाई छिपाई राखेको सुपारी बरामद

झापा, २०७७ असार २० गते
    मेची नगरपालिका-४ आलडाँगीबाट अवैध रुपमा भारततर्फ लैजान लुकाई छिपाई राखेको करिब ३ लाख २४ हजार रुपैयाँ मूल्य बराबरको १ हजार ८० किलो सुपारी शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा, ईलाका प्रही कार्यालय काकरभिट्टा र प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरीले लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको सुपारी फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।