जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया, २०७७ असार २० गते
    १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गेरुवा गाउँपालिका-५ बस्ने २८ वर्षीय प्रशान्त भन्ने नबिन चन्दसहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यलय पाताभारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।