जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १० जना पक्राउ

काठमाडौं, २०७७ असार २० गते
    कास्की, पोखरा महानगरपालिका-१४ चाउथे अनुपम टोल बस्ने ५५ वर्षीय भिम बहादुर तिमिल्सिनाको घरमा जुवातास खेलिरहेको अवस्थामा तिमिल्सिना लगायत ६ जनालाई नगद १ लाख १० हजार ९ सय २५ रुपैयाँ र ४ बुक तास सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
    बाँके, नेपालगंज उपमहानगरपालिका-१ तेजनगर बस्ने धर्मेस रावतको माछा पोखरी नजिक बनाएको फुसको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २३ वर्षीय रमेश शर्मा सहित ४ जनालाई नगद १ लाख ४४ हजार २ सय ४५ रुपैयाँ सहित गएराति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।