जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुम्ला, २०७७ साउन १० गते
         ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हिमा गाउँपालिका-६ राताढुंगा ईमिनछिना बस्ने १९ वर्षीय मान सिहं शाहीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
शाहीले ती बालिकालाई बुधबार ललाई फकाई डर त्रास धम्की दिई जबरजस्ती करणी गरेको भन्ने खबर बिहीबार प्राप्त हुनासाथ प्रहरी चौकी बुअ र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।