जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

काठमाडौं, २०७७ साउन १० गते
      ११ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा गोकर्णेश्‍वर नगरपालिका-८ नारायणटार बस्ने दोलखा जिरी नगरपालिका-८ घर भएका ४० वर्षीय नेत्र जिरेललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिरेलले ती बालिकालाई जबरजस्ती करणी गर्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।