अवैध लागूऔषध अफिम र गाँजा सहित पक्राउ

काठमाडौं, २०७७ साउन १० गते
    रुकुम (पूर्व ), पुथा उत्तरगंगा गाउँपालिका-१४ त्रिबेणीस्थित जंगलबाट अवैध लागूऔषध अफिम अन्दाजी ८ केजी सहित
कञ्चनपुर दोधारा-चाँदनी नगरपालिका बस्ने ३६ वर्षीया गाईनी कामी लगायत ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । अञ्चल प्रहरी पोष्ट कोलबाट खटिएको प्रहरीले हुकामबाट रुकुम पश्चिमतर्फ लैजाँदै गरेको उक्त अफिम सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
मोरङ, सुन्दरहरैचा नगरपालिका-१० सुकुम्बासीटोल बस्ने केशब तामाङलाई अवैध लागूऔषध गाँजा आधा केजी सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।     तामाङको घरमा गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले घर खानतलासी गर्दा लुकाई राखेको उक्त परिणामको गाँजा फेला परी उनलाई पक्राउ गरेको हो ।
महोत्तरी, रामगोपालपुर नगरपालिका-५ रामगोपालपुर चोकबाट अवैध लागूऔषध गाँजा २ केजी १ सय ग्राम सहित धनुषाधाम नगरपालिका-१ मौराहा बस्ने २० वर्षीय मदन यादवलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्यालय रामगोलपुरबाट खटिएको प्रहरीले स.६ प १७५० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक यादवलाई उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
झापा, मेची नगरपालिका-६ कालिखोलाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० ग्राम सहित सोही नगरपालिका-७ बस्ने १९ वर्षीय सुन्दर चौधरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुन्दरको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारेको हो । साथै सुन्दरसँगै रहेकी निजको आमा ४५ वर्षीया रमिता चौधरी र सोही नगरपालिका बस्ने १५ वर्षीय किशोरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
 यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।